चीनबाट औषधि र स्वास्थ्य सामग्री आइ पुग्यो

२०७७ बैशाख ५ गते, शुक्रबार

काठमाडाैं, ५ वैशाख । नेपाल वायु सेवा निगमका दुई वाइडबडी ए–३३० जहाज चीनको ग्वान्झाउबाट औषधि र स्वास्थ्य सामग्री लिएर काठमाडौं आइपुगेका छन् । बिहीबार राति व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन ग्वाङ्जाओ उडेका थिए ।
नेपालका निजी क्षेत्रले औषधि र उपकरण ल्याउनको लागि फ्लास फ्रेटले र साङ्ग्रिला फ्रेटले जहाज चार्टर्ड गरेका हुन् । यी जहाज बिहीबार ५ बजेर ५४ मिनेटमा साँझ पौने ६ बजे ग्वान्झाउको लागि उडेका थिए । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । अबको केहीबेरमा जहाजमा रहेका स्वास्थ्य सामग्री निकालिनेछ । चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु