डब्लुएचओद्वारा वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन अपिल

२०७७ बैशाख ६ गते, शनिबार

काठमाडौँ , ६ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले वन्यजन्तुको मासु प्रयाेगमा कडाइ गर्न निर्देशन दिएकाे छ । काेराेना भाइरस महामारीले संसारलाई नै आक्रान्त पारिरहेको वेला डब्लुएचओ वन्यजन्तुकाे मासुमा प्रतिबन्ध लगाउन सबै देशलाई आग्रह गरेको हाे । डब्लुएचओका महानिर्देशक टेड्रोस एडहनाम घेब्रेयेससले सबै देशका सरकारलाई अपिल गर्दै कोरोना भाइरसको महामारीलाई मध्यनजर गरेर वन्यजीवको मासुमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेका हुन् ।
घेब्रेयेससले जुनजुन बजारमा जीवित वन्य जनावरको खरिद-बिक्री हुन्छ ती सबैमा आवश्यक गुणस्तरको अनुमति लिएर मात्र गर्न, अन्यथा प्रतिबन्ध लगाउन आग्रह गरेका हुन् । यस्ता बजार मानिसका लागि महत्वपूर्ण भए पनि गुणस्तर र स्वच्छता पक्षमा कडाइ गरिनुपर्ने उनकाे भनाइ छ । उनले प्राय: नयाँ भाइरसहरू ७० प्रतिशत जनावरबाट नै मानिसमा सरेकाे बताउँदै काेराेना भाइरसकाे संक्रमण कसरी सुरू भयाे भन्नेबारे पनि बुझ्ने प्रयास भइरहेकाे जनाएका छन् ।
विश्वव्यापी महामारी बनेकाे कोरोना भाइरसको संक्रमण चीनको वुहानकाे एक वन्यजीवकाे मासु व्यापार हुने बजारबाट फैलिर्काे भन्ने विश्वास गरिँदै अाएकाे छ । यद्यपि यसकाे स्वतन्त्र पुष्टि भने हुन सकेकाे छैन । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु