कोरोना भाइरसको उत्पति प्राकृतिक रुपमै भएको हो : डब्लुएचओ
काठमाडौं , २० बैशाख । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले कोरोना भाइरसको उत्पति प्राकृतिक रुपमा भएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफू उत्पति गरेको भन्दै आलोचना गरेको समयमा डब्लुएचओले त्यसको खण्डन गरेको हो । डब्लुएचओका कार्यकारी निर्देशक माइकल रायनले भाइरसको आनुवंशिक अनुक्रम जाँच गरिरहेका वैज्ञानिकहरुले भाइरसको उत्पति प्राकृतिक रुपमै भएको दावी गरेको बताए । डब्लुएचओले भाइरसको उत्पतिका बारेमा अनुसन्धान गरिरहेको पनि बताएको छ ।
यसअघि डब्लुएचओले नै कोरोना भाइरस जनावरहरुबाट फैलिएको हुनसक्ने आंकलन गर्दै घरपालुवा जनावरको मासु आयात निर्यातमा रोक लगाउनुपर्ने बताएको थियो । कोरोना भाइरसको उत्पतिको विषयलाई लिएर चीन र अमेरिकाविच विवाद समेत हुँदै आएको छ ।-एजेन्सी