नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो
काठमाडौं , २२ बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले नेपालगञ्जमा ९ तथा पर्साका ३६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको बताएका थिए । मन्त्रालयले जानकारी दिँदा नेपालगञ्जमा ७ देखि ५८ वर्षका ५ पुरुष र ४ महिला गरी ९ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको थियो ।
डा देवकोटाले अहिलेसम्म १३ हजार ४ सय १४ पीसीआर र ४९ हजार ६ सय ८८ आरडीटी परीक्षण गरिएको जानकारी पनि दिएका छन् । २४ घण्टामा १ हजार ४ सय ७९ वटा परीक्षण भएका छन् ।
२१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी प्रदेश ५ मा १० हजार ६ सय ६७ जना बसेका छन् । ७७ जना आइसोलेसनमा रहेका छन् भने ३ सय १९ जना रेडजोनमा छन् ।