अखिल नेपाल शिक्षक संगठनद्वारा भारतीय हस्तक्षेपको विरोधमा उत्रन आव्हान

२०७७ बैशाख ३१ गते, बुधबार

काठमाडौँ , ३१ बैशाख । अखिल नेपाल शिक्षक संगठनले भारतीय शासकहरुले आफ्नो मातृभुमीमा सडक निर्माण गरी उद्घाटन गर्दा समेत पत्तो नपाउनु आफुलाई कम्युनिष्ट भन्ने दुई तिहाईको सरकारको लाचारीपना भएको ठोकुवा गर्दै राष्ट्रियतामाथि विस्तारबादको हस्तक्षेपको विरोधमा उत्रन आम जनसमुदाय, बुद्धिजिवी, प्राध्यापक, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकारलगायत सवैलाई आव्हान गरेको छ । सो संगठनका अध्यक्ष घनश्याम पाठक र महासचिव रमेश रुपाखेतीले आज एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै सो आव्हान गरेका हुन् ।
यस बिषयमा अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक र महासचिव रमेश रुपाखेतीले जारी गरेको संयुक्त प्रेस बिज्ञप्तिको पूर्ण विवरण यस प्रकार रहेको छ – ” हालै भारतीय सरकारको रक्षामन्त्रिले स्वतन्त्र स्वाधिन एवं सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको भुमि कालापानी–लिपुलेक हुँदै चीनको मानसरोवर जाने बाटो निर्माण गरी उद्घाटन गरेको घट्ना प्रति हाम्रो संगठन अखिल नेपाल शिक्षक संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । एउटा स्वतन्त्र स्वाधिन एवं सार्वभौमसत्ता राष्ट्रको भुमि माथिको हस्तक्षेप अत्यन्तै घिन लाग्दो निन्दनिय साथै भत्र्सना योग्य छ । नेपाली भुमिबाट खोलिएको बाटो उद्घाटन गर्ने कार्यले भारतीय शासकहरुको विगतमा आफुले भोगेको दास मानसिकताको उपज साथै विस्तारबादी व्यवहारको नाङ्गो रुप हो ।
भारतीय शासकहरुले आफ्नो मातृभुमीमा सडक निर्माण गरी उद्घाटन गर्दा समेत पत्तो नपाउनु आफुलाई कम्युनिष्ट भन्ने दुई तिहाईको के।पि। ओली सरकारको लाचारी पना हो ।
राष्ट्रियता माथि विस्तारबादको हस्तक्षेपको विरोधमा उत्रन आम न्याय प्रेमी जनसमुदाय, बुद्धिजिवी, प्राध्यापक, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार लगायत सवैलाई आव्हान गर्दछौं ।
भारतीय शासकहरुलाई छिमेकीहरु प्रति आफ्नो विस्तारबादी हेपाहा प्रवृति अन्त्य गर्न हाम्रो संगठन चेतावानी दिँदै राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै भारतद्वारा अतिक्रमित भूमि फिर्ता गर्नको लागि चौतर्फी दबाव श्रृजना गर्न सम्पूर्ण वामपन्थी, प्रगतिशिल तथा देशभक्त, युवा, विद्यार्थी, आम जनसमुदाय, प्राध्यापक, बुद्धिजिवी, सुरक्षाकर्र्मी, पत्रकारहरुलाई हाम्रो संगठन अखिल नेपाल शिक्षक संगठन अव्हान गर्दछौं । ”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नयाँ दल दर्ता गर्ने समय सकिदै

२०८२ मंसिर १ गते, आईतवार

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार