अखिल (क्रान्तिकारी) कास्कीद्वारा परियार र थापालाई अविलम्ब रिहाइकाे माग

२०७७ जेष्ठ २६ गते, सोमबार

काठमाडौं , २६ जेठ । अखिल (क्रान्तिकारी) कास्कीले अाफ्ना २ जना सदस्यहरु बिरामी भएर उपचारका लागि जादै गर्दा प्रहरीले विनाकारण गिरफ्तार गरी बेपत्ता बनाएको भन्दै अविलम्ब रिहाइ गर्न माग गरेको छ । अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश बास्ताेला ‘मार्सल’ र संगठनका कास्की जिल्ला अध्यक्ष पुरन पुन मगरले संयुक्त प्रेस विज्ञप्ति जारी गरि संगठनका जिल्ला सदस्य गगन परियार र इकाई सदस्य विरेन्द्र थापालाई राजनैतिक अास्थाका अाधारमा गरिएको गिरफ्तारीकाे भत्र्सना गर्दै अविलम्ब रिहाइकाे माग गर्नु भएको छ ।
विज्ञप्तिमा लेखिएको छ-‘ यदि यो देशको पक्षमा बाेल्दा समातिन्छ, राष्ट्र र जनताको पक्षमा बाेल्दा गिरफ्तार गरिन्छ, अाफ्नाे देशको सिमा मिचिएकाे बारेमा बाेल्न निषेध गरिन्छ भने यस्ता घृणित कार्यमा संलग्न व्यक्तिहरुमाथि उचित समयमा विद्यार्थी अान्दोलन र कडा संघर्ष गर्न बाध्य हुनेछौं जसकाे परिणाम भयानक हुनेछ ।’

प्रतिक्रियाहरु

[anycomment]