कोरोना संक्रमितको संख्या ४,३६४ पुग्यो !

काठमाण्डौं , २८ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज २७९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४,३६४ पुगेको छ । आज मोरगं, उदयपुर, डडेलधुरा, सर्लाही, रौतहट, कपिलबस्तु लगायतका जिल्लामा आज संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना जित्नेको संख्या भने ६ सय ७४ पुगेको छ भने आजमात्र ९० जना डिस्चार्ज भएका छन् ।
यस बीच १५ जनाको मृत्यु भएको छ । अहिलेसम्म पीसीआर विधिबाट एक लाख १० हजार सात सय ४४ जनाको नमुना परीक्षण गरिएको छ ।