कोरोना संक्रमितको संख्या ४,६१४ पुग्यो !

२०७७ जेष्ठ २९ गते, बिहीबार

काठमाडौं , २९ जेठ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले आज थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका २१ वटा प्रयोगशालामा भएको परीक्षण अनुसार यो नयाँ सक्रमित थपिएसगैँ कुल संक्रमितको संख्या ४६ सय १४ पुगेको हो । यस्तै २४ घण्टामा अहिले सम्मकै धेरै १ सय ८७ जना निको भएका छन् । निको हुनेको संख्या ८ सय ६१ जना पुगेको छ । कोरोनाका कारण नेपालमा हाल सम्म १५ जनाको मृत्यु भईसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]