कोरोनावाट मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघ्यो !

२०७७ जेष्ठ ३० गते, शुक्रबार

काठमाडाैं, ३० जेठ । कोरोना भाईरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघेको छ भने संक्रमितको संख्या ७५ लाख नाघेको छ । यसैगरी , निको हुनेको संख्या ३८ लाख ३३ हजार नाघेको छ ।
विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख १६ हजार २९ जना पुगेको छ । त्यहाँ संक्रमित २० लाख ८९ हजार नाघेको छ । यसैगरी ब्राजिलमा मृतकको संख्या ४१ हजार ५८ जना पुगेको भने संक्रमित ८ लाख ५ हजार ६ सय ४९ पुगेको छ । यसैगरी रुसमा ५ लाख २ हजार ४ सय ३६ संक्रमित छन् भने ६ हजार ५ सय ३२ जनाको मृत्यु भएको छ । भारतमा २ लाख ९८ हजार २ सय ८३ जना संक्रमित छन् भने ८ हजार ५ सय १ जनाको मृत्यु भएको छ । बेलायतमा ४१ हजार २ सय ७८ जनाको मृत्यु भएको छ भने २ लाख ९१ हजार ४ सय ९ जना संक्रमित छन् । स्पेनमा कुल २ लाख ८९ हजार ७ सय १ संक्रमित छन् भने २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो केही दिन यता कुनै मृत्यु भएको छैन । ईटालीमा ३४ हजार १ सय ६७ जनाको मृत्यु भएको छ भने २ लाख ३६ हजार १ सय ४२ जना जना संक्रमित छन् । पेरुमा २ लाख १४ हजार ७ सय ८८ जना संक्रमित छन भने ६ हजार १ सय ९ जनाको मृत्यु भएको छ ।
जर्मनीमा एक लाख ८७ हजार ७ सय ९५ जना संक्रमित छन् भने ८ हजार ८ सय ५१ जनाको मृत्यु भएको छ । ईरानमा १ लाख ८० हजार १ सय ५६ जना संक्रमित भएका छन् भने भने ८ हजार ५ सय ८४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]