कोरोना संक्रमितको संख्या ९ हजार २६ पुग्यो !

काठमाण्डौं, ७ असार । पछिल्लो २४ घण्टामा ४ सय २१ जना कोरोना संक्रमित थपिएसगैं नेपालमा कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । हालसम्म ७५ जिल्लामा कोरोना फैलिसकेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेस्वर गौतमका अनुसार सातै प्रदेशका २४ वटा प्रयोगशालामा भएको सात हजार बढीको पिसिआर परीक्षणका क्रममा ती संक्रमित भेटिएका हुन् । नेपालमा कोरोनाका कारण हाल सम्म २३ जनाको मृत्यु भईसकेको छ भने १७ सय बढी डिस्चार्ज भएका छन् । देशभर आज ८ महिला र १८६ पुरुष गरी १९४ जना डिस्चार्ज भएका छन् ।