काठमाडौं उपत्यकामा १ सय ६ जना कोरोना संक्रमित थपिए !

२०७७ श्रावण २३ गते, शुक्रबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६ संक्रमितसंगै देशभर ४ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै कोरोनाबाट संक्रमित हुनेको संख्या २२ हजार २ सय १४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ सय ६ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज थपिएका संकमित मध्ये ९२ जना काठमाडौँका , १० जना ललितपुरका र ४ जना भक्तपुरका रहेको बताइएको छ ।
पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसंगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताए । मृतकमा पर्साका ३ जना तथा सिरहा र सर्लाहीका एक एक जना हुन् । पर्साका ४५ वर्षीय, ५७ वर्षीय र ७९ वर्षीय तथा सिराहाका २५ वर्र्षीय र सर्लाहीका ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।
हाल ६ हजार ३ सय ३० जना सक्रिय संक्रमित रहेका छन् । ३ जना भेन्टिलेटरमा रहेका छन् भने १० हजार २ सय ७ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ९ सय २६ जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ सय २५ जना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार ८ सय १४ जना कोरोना भाइरसबाट मुक्त भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]