काठमाडौं उपत्यकामा १३४ जनासंगै देशभर ६३८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३४ जनासंगै देशभर ६ सय ३८ जनामा कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमााडौंमा मात्र १ सय १० संक्रमित थपिएका छन् भने ललितपुरमा १६ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ८ जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक हजार ३ सय १८ पुगेको छ भने योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३,९४८ पुगेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ७१ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १६ हजार ६ सय ६४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या ७ हजार २ सय १ रहेको छ । त्यस्तै, हालसम्म ११ हजार ५८ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ७ हजार २ सय १ जना छन् । पछिल्लो २४ घण्टामा १० हजार ५ सय ६२ जनाको पीसीआर परीक्षण भएको छ । मुलुकभर हालसम्म ४ लाख ६२ हजार ६ सय ९८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।
यस्तै ५ सय भन्दा बढी संक्रमित रहेको जिल्ला चार रहेका छन् भने संक्रमण शून्य जिल्लाको संख्या ६ रहेको छ । काठमाडौ, पर्सा, रौतहट र महोत्तरीमा ५ सय बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, संखुवासभा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु संक्रमित शून्य जिल्ला रहेको छन् ।