आज काठमाडौं उपत्यकामा १३९ सहित ४८४ जना कोरोना संक्रमित थपिए

२०७७ श्रावण २८ गते, बुधबार


काठमाडौं । आज काठमाडौं उपत्यकामा १३९ सहित ४८४ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् भने ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् । मन्त्रालयले कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २४ हजार ४३२ पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]