सहिद पुत्र प्रकाशलाई तत्काल रिहा नगरे सशक्त प्रतिरोध !

२०७७ श्रावण २८ गते, बुधबार


काठमाडौँ । अखिल (क्रान्तिकारी)ले संगठनका केन्द्रीय सदस्य तथा सहिद पुत्र प्रकाश बास्तोलालाई साउन २५ गते पोखराको महेन्द्रपुल नजिकको ओम हस्पिटलमा उपचारको क्रममा रहेको बेला गिरफ्तार गरेकोमा घोर निन्दा एवम् भर्त्सना गरेको छ । साथै उक्त गैरन्यायीक गिरफ्तारीविरूद्ध बोल्न मानव अधिकार, नागरिक समाज ,पत्रकार बुद्धीजिवीलगायत सम्पूर्णमा अपिल गर्दै स-सम्मान रिहाईको मागसमेत गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनका केन्द्रिय अध्यक्ष चिरन्जिवी ढकालले आज एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। अध्यक्ष ढकालद्वारा बिज्ञप्तिमा राज्यको यस किसिमको हर्कत बारम्बार दोहरी रहने र निहत्था विद्यार्थी माथी राज्यको ज्याजति लादिने क्रम नरोकिए संगठनले सशक्त प्रतिरोधसहित आन्दोलन धोषणा गर्नेसमेत उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]