औषधि व्यवस्था विभागद्वारा रेमडिसिविर औषधि प्रयोग गर्न अनुमति

२०७७ श्रावण २९ गते, बिहीबार


काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितमा अध्ययन तथा अनुसन्धान प्रयोजनका लागि रेमडिसिविर नामक औषधि प्रयोगको अनुमति दिएको छ । विभागले औषधिको क्लिनिकल ट्रायलका लागि इच्छुक अस्पताल तथा अनुसन्धान संस्थाहरुलाई आवेदन दिन आग्रह गर्दै सूचना निकालेको हो ।
विश्वभर कोरोना संक्रमणबाट गम्भीर अवस्था पुगेका बिरामीको ज्यान बचाउन यो औषधि प्रयोग हुँदै आएको छ । गम्भीर अवस्थामा रहेका बिरामीका स्वास्थ्यमा छिटो सुधार ल्याउने सहयोग गर्ने भएपनि यसले कोरोन भने निको नबनाउने चिकित्सकहरुले बताउदै आएका छन् । अमेरिका, दक्षिण कोरिया र भारतमा यो औषधि प्रयोगको अनुमति दिइसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]