आज काठमाडौं उपत्यकामा १२७ सहित ५२५ जना कोरोना संक्रमित थपिए

२०७७ श्रावण २९ गते, बिहीबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा १२७ सहित ५२५ जना कोरोना संक्रमित थपिएका छन । मन्त्रालयले ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको बताएको छ । मन्त्रालयका अनुसार कुल संक्रमितको स‌ंख्या २४ हजार ९५७ पुगेको छ । काठमाडौं उपत्यकामा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना रहेका बताइएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १०९ रहेको छ भने कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]