भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल

२०७७ श्रावण ३० गते, शुक्रबार


काठमाडौं । चितवनस्थित भरतपुर अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्सलाई कोरोना सङ्क्रमण पुष्टि भए पछि आकस्मिक कक्ष सिल गरिएको छ । अस्पतालद्वारा जारी सूचनामा अर्को जानकारी नगराइएसम्मका लागि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको जनाइएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा अस्पतालको सोही कक्षमा कार्यरत २५ वर्षीया नर्समा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । नर्समा सङ्क्रमण देखिएपछि सो कक्ष सिल गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]