आज काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५ सय ९४ जना कोरोना संक्रमित थपिएका छन। यो संगै देशभर कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११९ संक्रमित थपिएका मध्ये काठमााडौंमा मात्र ८३ , ललितपुर ३० र भक्तपुरमा ६ जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक हजार ७ सय २ पुगेको छ ।
पछिल्लो २४ घण्टामा दुई सय ४० जनामात्र संक्रमणमुक्त भएका छन् ।योसंगै संक्रमणमुक्त हुनेको संख्या १७ हजार ७७ रहेको छ । यो ६६ दशमलव ८ प्रतिशत हो । पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ । ७ हजार ९ सय १३ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ४ जना भेन्टिलेटरमा तथा ९८ जना आइसीयूमा रहेका छन् । १४ हजार ६ सय ३८ जना क्वारेन्टिनमा रहेका छन् भने नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।