आज ४६८ कोरोना संक्रमित थपिए

काठमाडौं, ३१ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर ४६८ जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको मन्त्रालयले बताएको छ । यस्तै नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।