शिक्षक, व्यवस्था र मृत्यु
आदरणीय खेम सर,
सलाम ।
हो सलाम नै लेखेँ । म पृथक विद्यार्थी थिए । सायद मेरो मानसपटलले जति तितो हजुरले टेवल टेनिश कोर्टमा मेरो विना गल्ती (मेरो जिवनको पहिलो थप्पड) सजाय पाएर भएको थियो । त्यसको हजारौँ लाखौँ गुणा कृतज्ञ र आभार तपाईको व्यक्तित्वका लागी । म किवोर्डमा औला चलाएर सयौँ पेजको रिसर्च लेख्न सक्छु तर आज दश दिन भयो केहि पाना लेख्न सकेको छैन । वाल्मीकीमा प्रवेश गरेको पहिलो दिन मानसपटलमा प्रष्ट छ । जनयुद्धको भट्टीमा हुर्केको एउटा दुर्गमको वाल मानसपटल त्यस समयमा गोर्कीको आमा पुस्तकले थिचिइसकेको थियो । म विद्यालय फरक किसिमको होस भन्ने चाहन्थे तर थियो थिएन आफैँ विचार गर्नुहोला । मैले यि हरफहरु किन लेख्दै छु, सोच्नु होला । यसमा सम्वन्ध, हजुर, कलम घिमिरे र दुर्गा सरको अविश्मरणीय छाप छन् । हजुर लाई नमन ।
कमल सरको दुखद घटना भनेर सामाजिक संजालमा देखेपछि म धेरै समय सोचमग्न भए । सायद मलाई एउटा अजिवको चेतना अझ भनौँ अन्तरमनमा विझाउने असहज महशुस भयो । सायद कलम सरको हामीले हत्या त गरेनौँ । कतै हामी हत्यारा त होईनौँ । सायद यसमा हाम्रो भुमिका प्रष्ट नभएर त होईन ।सर मैले हजुरलाई एउटा म्यासेजमा मृत्यु उत्सवको कुरा लेखेको थिए । कमल सरको अवको शुन्यतालाई फरक शैलीमा म लेख्न चाहन्छु ।
प्रथमः शिक्षक, साथी र घृणा ।
विद्यार्थी रहँदा कमल सरको प्रतिभासंग म सायद अन्य विद्यार्थी साथीहरु भन्दा धरै नजिक थिए । रेडक्रस माध्यम थियो । अतिरिक्त क्रियाकलापहरु सहायक माध्यम । धेरै स्मरणहरु त अहिले धुमिल भएका छन् । पहिलो पटक महिनावारी भएको एकजना सहपाठी साथीलाई स्यानेटरी प्याड दिनुपर्दाको असहज भावलाई आफैले पढेर उहाँले भन्नु भएको एक वाक्य “त्यो साथी वनेर सोच फेरी सोच” आजको मेरो हरेक सफलता र असफलताको मुल मन्त्र भएको छ । सपनाहरु हराउँदा पनि सपनाहरु जिँउदा पनी । भ्रमणमा उहाँको उपस्थितिले हुने सहजता अच्चमको नै थियो । मैले ९ र १० कक्षा पढ्दाको समयमा कमल सरसंग धेरै नजिकको समय विताएको छु । त्यो समयको मलाई एकदम याद आउने घटना सद्धाम हुसेनको हत्या भएको दिन कमल सरले भन्नु भएको “इतिहास जित्नेहरुको कथा” साह्रै मन छुन्छ । कमल सरसंग मेरो रमाईलो र हाँसोमा विताएका भन्दा धेरै याद कार्यक्रमहरुमा जादाँका भोको पेटमा र खाली पकेटमा समोसा राखिँदिँदा, माओवादी आन्दोलनको छलफलमा रगतको राजनिति प्रति उहाँको वुझाई र वहसले मलाई उहाँले विस्तारै साथी बनाउन ठाँउ दिइरहनु भएको महशुस हुन्थ्यो । एसएलसि सम्म म र विद्यालयविच भएको मतभेदमा कमल सरले म ठिक छु भनेर साहस भरिदिँदा र विशेष विद्यालयसंगको अन्तरद्धन्द्ध उहाँले धेरै वुझ्नु भएको थियो । सायद यो उमेरमा पुगिसक्दा म आफुलाई अझै उहाँभन्दा कम युवा महशुस गरिरहेको छु । विद्यालय जीवन पछि म सात वर्ष उहाँ सँग सम्पर्कमा रहिन ।
जव म चितवनलाई आफ्नो कार्यक्षेत्र बनाएर फर्के, कमल सरसंग पुन भेट भयो । तर मैले त्यो भेट पछि कमलसर धेरै कुराहरुमा हारेको र गलिसकेको एउटा मानव पाए । मलाई त्यो रुपसंग घृणा लागेर आयो । म सोच्न पनि सक्दिन मलाई त्यति धेरै उर्जा दिने शिक्षक आज विस्तारै मृत हुदै थिए । एक दुई अन्य संवाद भए । तर उहाँ हारिसक्नु भएको थियो । ओइलाउन थाली सक्नु भएको थियो । मलाई असहज घृणा पैदा भयो ।
दोस्रोः हामी हत्यारा
सर म यो समाज, यो व्यवस्था र यो समयमा फरक एवं सृजनात्मक कार्य गर्छु । चे, होचि मिन्ह, माओ, लेनिन लगायतको गर्विलो इतिहास पुन वाँच्ने सपना लिएर हिँडेको युवा हुँ । मैले धेरै मृत्यु, लास, रगत, पुछिएको सिँउदो देखेको छु । मैले अन्य क्रान्तिकारी साथीहरुसंग युद्ध वुझेको छु । तर कमल सरको मृत्यु एउटा यक्ष प्रश्न वनेर मलाई झकझकाई रहेको छ । किन यति ठुलो परिवर्तनका लागी लड्ने हामीले एउटा गुरुलाई बचाउन किन कुनै कार्य गर्न सकेनौँ ? किन मैले कमल सर भएर सोचिन ? मैले सर तपाई किन यसरी हारिरहनु भएको छ भनेर गाली गरिन? सायद तपाईले धेरै सोच्नु भयो होला । सायद साथी भएर गाली पनि गर्नु भयो होला । तर सर तपाई असफल हुनुभयो । खैर अव त्यो सोच्ने समय छैन अव समय कमल सरको मृत्यु उत्सव बनाउनु पर्ने छ ।
तेस्रोः वर्ग संघर्ष, व्यवस्था र मृत्यु उत्सव
सर हामीले देखेको समाज र हजुरले पढाउनु भएको इतिहासमा हराएर हामीले कमल सरलाई गुमायौँ । मैले वाँदरमुडे घटनामा हजुर विचलीत भएको महशुस गरेको छु । सायद चितवनका विभिन्न घटनाहरुमा हजुरले रगत वगेको देखेर आङ्ग सिरिङ्ग भएको महशुस छ । तर मलाई कमल सरको मृत्युलाई हत्या देख्न सक्ने अच्चमको क्षमता तपाईहरुकै शिक्षा प्रणालीमा भोग्न पाँउदा म आत्तिएको छु । आज यी हरफहरु लेखिरहँदा म प्रतिवन्धीत भइसकेको हुन सक्छु वा समाजमा विद्रोही वनिसकेको हुनसक्छु । सर कल्पना गरौँ त यस्तो व्यवस्था जहाँ कलम सरले म जस्ता हजारौँ लाखौँ विद्यार्थीलाई केवल शसक्त वनाउन सक्नेछन् । जहाँ कमल सरहरु आठ या वाह्र घण्टा निश्चित आफ्नो कर्तव्य पुरा गरेपछि भविश्यलाई सोच्ने चिन्तन गर्नुपर्ने छैन । सायद यो व्यवस्था जहाँ कमल सरहरु भविश्यका कर्णधार तयार गर्नकै लागी हुन्छन र मृत्यु तिनिहरुका गंगालाल, धर्मभक्त जत्तिकै वलवान हुन्छन् । तर कल्पना गरौँ हाम्रो समाजले महत्वकांक्षा मर्न होईन जिउन र अमर रहन सिकाउँछ । जहाँ हाम्रा विद्यालयहरुमा कसरी वाँच्ने होईन कसरी मर्ने सिकाई हुन्छ । जहाँ शिक्षक एउटा कारिन्दा बन्छ । सर कल्पना गरौँ कमल सरले डाक्टर, इन्जिनियर या अन्य केही सम्मानित कर्मचारी होईन प्रचण्ड, केपी, गिरिजा या भ्रष्टहरुसंग लड्ने “विप्लव” जन्माउछन । सर सपना देखौँ तपाईले तपाईको मृत्युमा विद्यार्थी शुभचिन्तक मात्र होईन राष्ट्र निमार्ता मलामीको रुपमा पाउनु हुन्छ । आज तपाई हामीले गर्विलो ईतिहास भन्ने वा रगतको राजनिति भन्ने इतिहास फरक परेको छ । सर हिजोको व्यवस्था दलित र साहु महाजनको विरुद्धमा यिनको जिवित हुनको दुरीमा थियो । तर आज हाम्रो ठुलो समस्या म जस्ता पात्रलाई मान्छे वनाउने चेतनाका विज जगाउने शिक्षकहरु आदर्श पात्रहरु एकछाक खान र एकसरो लाउन हजार पटक सोच्नुपर्ने व्यवस्थामा छौँ । र संगै छन् हाम्रा मन्च र कार्यक्रममा एउटा जग्गा दलाल विशिष्ठ समाजसेवी बनेर समाजमा आदर्श हुन्छन् । र संगै करोडौँ भविश्य सजाउने शिक्षक कारिन्दा । कमलसरको जन्म दिवस हामीलाई महत्व राख्दैन । कमल सरजस्ता लाखौँ पात्रहरु आज पनि प्रत्येक दिन आफ्ना सपनाहरुको अन्तेश्टी गरिरहेका छन् । सर अवको दश वर्षमा न्युनतम पनि दश हजार भविश्यका कर्णधारहरुले तपाईलाई चिन्नेछन् । र कमल सरको मृत्युको विषयमा वहस गर्नेछन । सर मेरो विनम्र अनुरोध छ, यी दश हजार जो भविष्यमा दश करोड वन्नेछन, यिनलाई कमल सरको मृत्युलाई यो व्यवस्थाको हत्या हो भन्ने विषय वुझाउनु पर्छ । पलपल सपनाहरुको अन्त्येस्टी गरेर विरामी हुँदा, भविश्यको कर्णधार उत्पादन गर्दा र एउटा जुत्ता उत्पादन गर्दा एउटै दर्शनले वुझ्न नसक्ने समाजमा केही गर्छु भन्दा निमोठिन पर्दा महशुस हुन्छ यो व्यवस्था गलत छ, यो वुझाई गलत छ भनेर सम्झाई दिनुहोला ।
सर हामीले कमल सरलाई जिउँदो राख्न छ भने उहाँको मृत्युलाई उत्सव बनाउनु पर्दछ । सर यो समाज वाँच्नका लागी पलपल मर्ने समाज हो तर मेरा गुरुहरु म चाहान्छु मरेपछि पनि पलपल वाँचिरहुन । भविश्यका कर्णधारहरुसंग प्रत्येक मानसपटलमा देखिरहुँन ।
आदरणीय सर, कृपया अव आउने दशौँ हजार कर्णधारहरुलाई हजुरको अन्तरमनलाई साक्षी राखेर प्रष्ट भनि दिनु होला । तपाईको मृत्यु थियो की यो व्यवस्थाले निम्ताएको हत्या ? संगसंगै मृत्यु उत्सव हो भनेर वाँच्नका लागी मर्न तयार बनाउने यो व्यवस्थाका कर्णधारहरुलाई मरेर पनि वाँच्न सक्ने मृत्यु उत्सवका विषयमा सिकाई दिनु होला ।

(वाल्मीकी शिक्षा सदन चितवनका शिक्षक कमल घिमिरेको असामयिक निधनमा उहाँका विधार्थी आर्यन ढकालद्धारा विधालयलाई लिखित श्रदान्जली पत्र)