आज काठमाडौँ उपत्यकामा १७२ सहित ६४१ कोरोना संक्रमित थपिए

काठमाडौँ । आज काठमाण्डौं उपत्यकामा १७२ सहित देशभर ६४१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै कुल संक्रमिको संख्या २६६६० पुगेको छ। कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ३५ जना रहेको छ । आज मात्रै एक सय ३४ जना डिस्चार्ज भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ रहेको छ । त्यो मध्य ८ हजार ७ सय २४ जना आईसोलेसनमा रहेका छन् भने बाँकी होम आईसोलेसन या सम्पर्क बिहीन रहेका छन् । कोरोनाबाट अहिले सम्म एक सय ४ जनाको मृत्यु भईसकेको छ ।