आज काठमाडौं उपत्यकामा १६८सहित देशभर ५८१ जना कोरोना संक्रमित थपिए

२०७७ भाद्र १ गते, सोमबार

काठमाडौं । आज काठमाडौं उपत्यकामा १६८ जनासहित देशभर ५८१ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताइएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको मन्त्रालयले बताएको छ ।
आज काठमाडौं उपत्यकामा थपिएका १६८ जना संक्रमित मध्ये काठमाण्डौमा एक सय ३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना रहेका छन् ।
हाल देशभर सक्रिय संक्रमित ९ हजार ६ सय ३९ जना रहेका छन् । त्यसमध्य अस्पताल अन्तर्गतका आईसोलेसनमा ७ हजार ३८ जना रहेका छन् भने अन्य होम आईसोलेसनमा रहेका छन् । यस्तै आज एक सय ६० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ९५ जना रहेका छन् ।
त्यस्तै नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु