बी एण्ड बी मासु पसललाई तीन लाख जरिवाना

काठमाडौं । वाणिज्य विभागले काठमाडौंको भीमसेनगोलामा रहेको बी एण्ड बी मिटसपबाट बिक्रीका लागि राखिएको २२ बोरा कुखुराको मासु बरामदपछि नष्ट गरि तीन लाख रुपैयाँ जरिवाना समेत गरेको छ । गुणस्तरहीन मासु बिक्रीको आरोपमा मीट मार्टलाई तीन लाख रुपैयाँ जरिवाना समेत गरेको बताइएको छ । विशेष सुराकीको आधारमा बानेश्वर प्रहरीले बरामद गरेको मासु सोमबार वाणिज्य विभागले पशु चिकित्सकसमेतको रोहबरमा निरिक्षण गरेको थियो । मृत कुखुरालाई ताजा मासुको रुपमा बिक्री गर्न लागेको पाइएपछि जरिवाना गरेर नष्ट गर्न निर्देशन दिइएको विभागका निर्देशक एवं अनुगमन शाखा प्रमुख सागर मिश्रले जानकारी दिए ।
प्रहरीले मंगलबार कुखुरा नष्ट गरेको र कालोबजारी ऐन अन्तरगत जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप कारबाही अघि बढाउने निर्देशक मिश्रले बताए ।