आज काठमाडौं उपत्यकामा १८२ जनासहित ८३८ कोरोना संक्रमित थपिए

२०७७ भाद्र ५ गते, शुक्रबार

काठमाडौं । आज काठमाडौं उपत्यकामा १८२ जनासहित थप ८ सय ३८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ३९ वटा ल्याबमा १३ हजार ५ सय ८९ बढीमा गरिएको पिसिआर परीक्षणमा ८ सय ३८ जना संक्रमित देखिएका हुन् । योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।
काठमाडौं उपत्यकामा १८२ जनामा संक्रमण देखिएका मध्य काठमाडौं जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित रहेका छन् ।
हाल क्वारेन्टाईनमा १२ हजार २ सय ३४ जना रहेका छन् भने देशभरी सक्रिय संक्रमितको संख्या १२ हजार एक सय ३२ रहेको छ । यस्तै आज २ सय ५० जना डिस्चार्ज भएका छन् । यो संगै डिस्चार्ज हुनेहरुको संख्या १८ हजार २ सय १४ पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु