कोरोनावाट ८ लाख २३ हजार जनाको मृत्य, २ करोड ४० लाख बढी संक्रमित

२०७७ भाद्र १० गते, बुधबार


काठमाडौं । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन् । पछिल्लो चौबीस घण्टामा २ लाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको पाइएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, भारत, रसिया लगायत रहेका छन् ।
हालसम्म संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमितहरुको संख्या ५९,५५,७२८ पुगेको छ । जसमध्ये, ३२,५४,२८२ जना निको भइसकेका छन्, भने १,८२,४०४ को मृत्यु भइसकेको छ । त्यस्तै, ब्राजिलमा संक्रमितको संख्या ३६,७४,१७६ पुगेको छ । जसमध्ये १८,४८,३९५ जना निको भइसकेका छन्, भने १,१६,६६६ को मृत्यु भइसकेको छ । यता मेक्सिकोमा संक्रमितको संख्या ५,६८,६२१ पुगेको छ । जसमध्ये ३,९३,००० निको भइसकेका छन्, भने ६१,४५० को मृत्यु भइसकेको छ ।
त्यस्तै, भारतमा कोरोना संक्रमितहरुको संख्या ३२,३५,००० पुगेको छ । यसैबीच २४,६८,००० जना उपचारपछि निको भइसकेका छन्, भने ५९,६३२ को मृत्यु भइसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]