आज काठमाडौं उपत्यकामा ३७७सहित देशभर १, १११ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७७सहित देशभर १,१११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् ।
संक्रमितहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । मन्त्रालयले १२ हजार ६ सय २९ पीसीआर नमूना परीक्षण गर्दा ७ सय ७७ पुरुष र महिला ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको बताएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मोरङमा २०, सुनसरीमा ३८, धनुषामा ३९, पर्सामा ८५, बारामा ३० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सप्तरी २२, कपिलबस्तु २१, बाँकेमा ७५ र कैलालीमा २० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ५ सय ६९ जना कोरोनामुक्त भएका छन । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या २० हजार ७३ पुगेको छ । देशका विभिन्न स्थानका आइसोलेसनमा १५ हनार २ सय ७३ जना बसिरहेका छन । तिमध्ये ६ हजार २ सय १० जना होम आइसोलेसनमा रहेका छन । देशभर क्वारेन्टिनमा ९ हजार ४ सय ८८ जना बसिरहेका छन । कोरोना भाइरस संक्रमण पहिचान गर्नका लागि अहिलेसम्म ६ लाख ४७ हजार ८ सय ८१ वटा पीसीआर परीक्षण गरिएको छ ।
अहिलेसम्म कोरोना भाइरस संक्रमणवाट देशभर १ सय ८३ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा आठ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।