काठमाडौं उपत्यकामा १८६ सहित देशभर ८८४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८६ सहित देशभर ८८४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८६ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ सय ५५ संक्रमित थपिएका छन् भने ललितपुरमा १९ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १२ जना संक्रमित देखिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका ल्यावहरुमा १० हजार ९ सय ७१ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।
अहिले सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ७८ रहेको छ । त्यस मध्य १० हजार १ सय ३५ संस्थागत आईसोलेसनमा रहेका छन् भने ६ हजार ५ सय ७८ होम आईसोलेसनमा रहेका छन् । अहिले क्वारेन्टाईनमा ८ हजार ३५ जना रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी कोरोनाबाट मुक्त भई निको हुनेको संख्या २० हजार ५ सय ५५ रहेको छ । आजै मात्र ३ सय १३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या कुल संक्रमितको ५५ प्रतिशत रहेको छ ।