महाकाली अस्पतालमा आइसियू संचालन

२०७७ भाद्र १४ गते, आईतवार


काठमाडौं । महाकाली अस्पतालमा स्थापना भएको ५७ वर्षपछि आइसियू संचालन गरिएको छ । सुदूरपश्चिम प्रदेशले आइसियु सञ्चालनका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गर्नुका साथै अक्सिजन प्लाण्टका लागि छुट्टै ८० लाख रुपैयाँ बजेट दिएको थियो । कोरोनाका कारण अक्सिजन प्लान्ट जडान गर्न नसकेपछि अस्पतालले अस्थायी रुपमै भएपनि अक्सिजन सिलिण्डरको प्रयोग गरेर आइसियु संचालनमा ल्याइएको बताइएको छ । लकडाउनका कारण अस्पतालले १० वटा अक्सिजन सिलिण्डर जडान गरी अस्थायी रुपमा आइसियु संचालनको प्रक्रिया अगाडी बढाएको छ ।
यसैबीच , संघीय सरकारले समेत आइसियु सेवा विस्तारका लागि अस्पताललाई दुई करोड बजेट दिने भएको छ । तीन वटा भेन्टिलेटर र ६ वटा बेडसहित सञ्चालनमा आएको आइसियु कक्षमा संघीय सरकारले समेत चार वटा भेन्टिलेटर र १० वटा वेड थप गर्ने भएको छ ।
आफूहरुसँग तीन वटा भेन्टिलेटर रहेकाले बिरामीहरु बाहिर जान नपरोस भनेर हामीले अस्थायी रुपमै भएपछि आइसियु संचालन गर्ने आँट गरेको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए ।
हाल अस्पतालमा एकजना मेडिकल सुपरिटेण्डेन, ६ जना मेडिकल अफिसर र १९ जना विशेषज्ञ डाक्टर, एक जना डेण्टल र एक जना परिवार नियोजनतर्फ गरी २८ जना चिकित्सकको दरबन्दी छ । तर दरबन्दी अनुसारका चिकित्सकको पदपूर्ति भने हुन सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]