आज काठमाडौं उपत्यकामा ४२९ सहित देशभर १२२१ जना कोरोना संक्रमित थपिए

२०७७ भाद्र १४ गते, आईतवार

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ सहित देशभर १२२१ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको मन्त्रालयले बताएको छ ।
काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना रहेका छन । संक्रमितहरु कहाँका हुन् भन्नेबारे मन्त्रालयले केही खुलाएको छैन ।
त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ पुगेको मन्त्रालयले बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु