आज काठमाडौं उपत्यकामा २९८सहित देशभर ८९९ जना कोरोना संक्रमित थपिए

२०७७ भाद्र १५ गते, सोमबार

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८सहित देशभर ८९९ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।
त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुगेको मन्त्रालयले बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु