अखिल क्रान्तिकारीद्वारा पेट्रोलमा गरेको मुल्यवृद्बि तत्काल फिर्ता लिन माग

२०७७ भाद्र १७ गते, बुधबार


काठमाडौँ । अखिल क्रान्तिकारीले नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनको हवाला दिँदै पेट्रोलमा मुल्य वृद्बि गरेको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनका केन्द्रिय अध्यक्ष चिरन्जीवी ढकालले आज एक बिज्ञप्ति जारी गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण र त्यसपछि निर्विकल्प रुपमा सरकारद्बारा लादिएको निरन्तर बन्दाबन्दी र निषेधाज्ञाले जनताको दैनिक जिवन धान्न समेत ज्यादै कठिन रहेको समयमा गरिएको मुल्य वृद्बिको घोर निन्दा एवं भर्त्सना गर्दै निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् । अध्यक्ष ढकालले कोभिड-१९ को महामारी र सरकारी उदासिनताका कारण हाल देशव्यापी रुपमा अस्पतालहरुमा देखिएको रगत अभावलाई पुर्ति गर्न संगठनका केन्दीय समिति,क्षेत्रिय समन्वय समिति,जिल्ला समिति र ईकाइ समितिलाई स्वास्थ्य परिक्षण गराई सुरक्षित तवरले रक्त दान गर्न र सो सम्बन्धमा अन्य युवा बिद्यार्थीहरुलाई समेत अभियानात्मक रुपमा सहभागी गराई रगत अभावमा जिवन जोखिममा रहेका जनताको जिवन रक्षाको कार्यमा जुट्न विशेष निर्देशन समेत दिएका छन।

प्रतिक्रियाहरु

[anycomment]