पछिल्लो २४ घण्टामा ९८० जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २९०, भक्तपुरमा ३२ र ललितपुरमा ३२ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको मन्त्रालयले बताएको छ ।
पछिल्लो २४ घण्टामा १८१४ जनाले कोरोना जितेर घर फर्केका छन् यो सगैँ नेपालमा कोरोना मुक्त भए घर फर्कनेको संख्या २८ हजार ९ सय ४१ रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८९ पुगेको मन्त्रालयले बताएको छ ।