पछिल्लो २४ घण्टामा ९०२ जना कोरोना संक्रमित थपिए

२०७७ भाद्र २३ गते, मंगलवार


काठमाण्डौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा ३०७ महिला र ५९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।
पछिल्लो २४ घन्टामा १० हजार ६ सय ११ वटा पीसीआर नमूना परीक्षण गर्दा ५ सय ९५ पुरुष र ३ सय सात महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तिमध्ये काठमाडौंका का ३००, भक्तपुर ५८ र ललितपुरका ३८ जना रहेका छन । त्यस्तै मोरङमा ५१, सुनसरीमा ३८, धनुषामा ३३, कास्कीमा ३०, रुपन्देहीमा २१ र कैलालीमा ७७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १४ हजार ८ सय ६८ जना आइसोलेसनमा रहेका छन । तिमध्ये ८ हजार ५३ संस्थागत आइसोलेसन र ६ हजार ८ सय १५ होम आइसोलेसनमा रहेका छन । त्यस्तै आईसीयुमा १ सय ४४ जना र भेन्टिलेटरमा ४४ जनाको उपचार भैरहेको छ । देशभरका क्वारेन्टिनमा ५ हजार ३ सय १० जना बसिररहेका छन । अहिलेसम्म कोरोना भाइरस संक्रमण परीक्षणका लागि ७ लाख ८८ हजार १ सय ७४ पीसीआर नमूना परीक्षण गरिएको छ ।
कोरोना भाइरस संक्रमणवाट थप छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पुरुष र एक महिला रहेका छन । मृत्यु हुनेमा पर्साका दुई, सुनसरी , काठमाडौं र कपिलबस्तुका एक–एक जना पुरुष छन । काठमाडौंमै एक महिलाको पनि कोरोनावाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनावाट मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]