पछिल्लो २४ घण्टामा १०८१ जना कोरोना संक्रमित थपिए

२०७७ भाद्र २४ गते, बुधबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । ललितपुरमा एक हजार ११ र भक्तपुरमा ८१८ पुगेको छ ।

त्यसैगरी कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको मन्त्रालयले बताएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९१८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । नेपालमा कोरोना मुक्त हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]