पछिल्लो २४ घण्टामा १२४६ जना कोरोना संक्रमित थपिए

२०७७ भाद्र २५ गते, बिहीबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १२४६ जना कोरोना संक्रमित थपिएको जनाएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको मन्त्रालयले बताएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय १८ जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार १ सय १८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३५ हजार ७ सय पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ७१ प्रतिशत हो ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १४ हजार ४ सय ४८ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ८ सय ६ रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या ६ हजार ८ सय ३८ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार १० जना छन् । पछिल्लो घण्टामा देशभर ११ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ८ लाख १० हजार ४ सय ८५ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको मन्त्रालयले बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]