एकैदिन १४५४ जनामा कोरोना संक्रमण !

२०७७ भाद्र २६ गते, शुक्रबार


काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या ५१ हजार ९१९ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ छ। ८ हजार २९१ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ६३४ होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा ९७२ जना निको भएका छन्। योसँगै कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ। कोरोना संक्रमित मध्य ७१ प्रतिशत कोरोना मुक्त भइ घर फर्केको मन्त्रालयले पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये ३२२ पुगेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ।

प्रतिक्रियाहरु

[anycomment]