अखिल (क्रान्तिकारी)द्वारा रक्तदान

२०७७ भाद्र २७ गते, शनिबार


काठमाडौँ । अखिल (क्रान्तिकारी) सेती-महाकाली समन्वय समिति अन्तरगत कञ्चनपुर जिल्ला समितिको आयोजनामा रेडक्रस सोसाइटी शाखा कञ्चनपुरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्वव्यापी कोरोना संकटको सन्दर्भमा रगतको अभाब भै रहेको समय नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनका ६ जनाले रक्तदान गरेका हुन् । ब्लड बैंकमा रगतको अभाव हुँदा आवश्यक भएको बेला सङ्गठनद्वारा रक्तदान गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
विश्वव्यापी रुपमा कोरोना सङ्कट गहिरिदै गएपछि अस्पतालहरुमा रगतको समस्या रहेको बेला अखिल (क्रान्तिकारी) ले एक कार्यक्रमको आयोजना गरी रक्तदान सम्पन्न गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]