पछिल्लो २४ घण्टामा १२०१ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय १ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । योसंंगै नेपालमा संक्रमितको कुल संख्या ५३ हजार १ सय २० पुगेको छ ।
कोरोनावाट हालसम्म ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमित मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८५२ जना डिस्चार्ज भएका छन् ।