पछिल्लो २४ घण्टामा १०३९ जना कोरोना संक्रमित थपिए

२०७७ भाद्र २८ गते, आईतवार


काठमाडौं। पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको मन्त्रालयले बताएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ ४५पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ११७३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबा निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]