एमसिसिविरुद्ध ५ विध्यार्थि संगठन संघर्षमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)सहित ५ विध्यार्थि संगठनले सम्पुर्ण देशभक्त युवा र आम जनतालाई एमसिसिविरुद्ध एकजुट हुन अपिल गरेका छन । अखिल( क्रान्तिकारी )का अध्यक्ष चिरञ्जिवि ढकाल, अखिल्(क्रान्तिकारी )का अध्यक्ष आलोक रायमाझि , अखिल ( छैठौँ)का अध्यक्ष बिमल पोखेरल, अखिल(पाचौँ) का अध्यक्ष घनश्याम मिश्र र अखिल नेपाल विध्यार्थि युनियन का सचिवालय सदस्य मनिष भट्टराईले संयुक्त बिज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन्। उनीहरुद्वारा जारी संयुक्त बिज्ञप्तिमा वक्तव्यमा एमसिसि अमेरिकि सैन्य परियोजना अन्तर्गत रहेको जान्दा जान्दै पारित गर्न खोजिनु सरकार र सत्ताधारी पार्टीले अमेरिकि साम्राज्यवादको पक्ष् पोषण गर्दै देशमा राजनैतिक अस्थिरता निम्त्याउने , देशलाइ अमेरिकि सैनिक अखडा बनाउने , देशलाइ गृहयुद्ध तर्फ लैजाने र राष्ट्रिय स्वतन्त्रता र स्वाधिनताको पैसामा लिलामि गर्न खोजेको र सरकारले देश र जनताप्रति गद्धारिपन देखाएको उल्लेख गरिएको छ । साथै ति विध्यार्थि संगठनले संसदबाट एमसिसि पारित नगराउन सभामुखलाई ज्ञापन पत्र बुझाउने समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ
