पछिल्लो २४ घण्टामा १,१७० जना कोरोना संक्रमित थपिए

२०७७ भाद्र २९ गते, सोमबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ७० संक्रमित थपिएको जनाएको छ । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । योसंंगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ । संक्रमितमध्ये २६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् ।
यस्तै सक्रिय संकमित १५ हजार ३९३ रहेका छन् । त्यस मध्य संस्थागत आईसोलेसनमा ८ हजार एक सय १८ जना रहेका छन् । यस्तै होम आईसोलेसनमा ७ हजार २ सय ७५ जना रहेका छन् । आईसीयुमा एक सय ७९ जना रहेका छन् भने भेन्टिलेटरमा २९ जना रहेका छन् । क्वारेन्टाईनमा ६ हजार ८ सय ७० रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]