१५ दिने एस एम एस सचेतना अभियान

२०७७ भाद्र ३१ गते, बुधबार

काठमाडौँ । नेपाल स्काउट, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र हिसानको सहकार्य एवम् युनिसेफ नेपालको सहयोगमा उपत्यकाका ३ वटै ज़िल्लका बिभिन्न स्थानमा कोभिड-१९ को सँक्रमणबाट बच्नका लागि १५ दिने एस एम एस सचेतना अभियान यही २०७७ भदौ २० गते देखि सञ्चालन भइरहेको छ । यस अभियानमा नेपाल स्काउट र जनस्वास्थ्य अध्ययनरत बिद्यार्थी समेत गरी १०० जना स्वयमसेवकहरु उपत्यकाका ३ जिल्लालाई १३ क्लस्टर बनाई दैनिक रुपमा परिचालन हुँदै आएका छन् ।

स्वयमसेवकहरु हरेक दिन बिहान र बेलुका उपत्यकाका भीडभाड हुने बिभिन्न ठाउँहरू कोटेश्वर, कालीमाटी, नयाँ बसपार्क, बल्खु, चावहिल, रत्नपार्क, मैतिदेवी, महाराजगञ्ज र ललितपुरका पाटन, लगनखेल, ग्वार्को, सातदोबाटो तथा भक्तपुरका सबै नगरपालिकालाई लगायतका क्षेत्रमा कोभिड-१९ बाट बच्न र बचाउन जनचेतनामुलक अभियान अन्तर्गत मुख्य रुपमा कम्तीमा २ मीटर भौतिक दुरी कायाम गर्न सिकाउने र अनुरोध गर्ने, घरबाट बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गर्नुका साथै यसको सहि प्रयोग गर्न सिकाउने, र मास्क नलगाएकालाई मास्क वितरण समेत गर्ने, बिस सेकेण्डसम्म साबुन पानीले मिचिमिचि हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने (एस. एम. एस) लगायतका जनचेतना अभिवृद्धि गर्ने अभियानमा लागिरहेका छन् ।

मिति २०७७ भदौ ३१ गते स्वयमसेवकहरुसँग साथमा साथ मिलाउँदै नेपाल स्काउटका राष्ट्रिय सँयोजक श्री लोक बहादुर भण्डारी ज्यू लगायत नेपाल स्काउटको नेतृत्व समेत फिल्डमा खटिएको छ । सँयोजक भण्डारीले अभियानमा खटिएका स्वयँसेवकहरुलाई प्रोत्साहित गर्न र यस अभियानलाई गति प्रदान गर्न आफँु समेत स्वयँसेवकहरुसँगै फिल्डमा निस्किएको बताउनु भयो । साथै, उहाँले कोभिड १९ प्रति आम मानिसले बुभ्mन सक्ने सरल भाषामा सन्देश प्रवाह गर्दै उनीहरुलाई थप सुसुचित गराउने र समाजमा कोभिड १९ बारे भ्रामक गलत सूचना प्रबाह हुन नदिने यस अभियानको उद्देश्य रहेको कुरा बताउनु भयो ।

अभियानमा सहभागी नेपाल स्काउटका निर्देशक श्री राम प्रसाद भट्टराईले सहि तरिकाबाट मास्क लगाउनु, साबुन पानीले मिचीमिची हात धुनु, एक अर्काबीच कम्तीमा २ मीटर दुरी कायम गर्नु पर्छ भन्ने जान्दा जान्दै पनि आम मानिसहरुले यसलाई पालना गरेका छैनन् । उक्त तथ्यलाई स्वस्पूmर्त रुपमा पालना गर्ने गराउने वातावरणको सिर्जना गर्ने कार्यमा यस अभियान फलदायी हुने कुरा बताउनु भयो ।

१५ दिनसम्म सञ्चालन हुने अभियानको आज बाह्रौँ दिनसम्म आइपुग्दा यस अभियानबाट करिब ८ लाख भन्दा बढी मानिसहरु लाभान्वित भएका छन् । अभियानमा माकिंग गरी कोभिड १९ बाट बच्न अपनाउनु पर्ने सही सुरक्षा मापदण्ड बारे सूचना दिने, आबश्यक परेकाहरूलाइ माक्स र स्यानिटाइजर समेत बितरण गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]