एकैदिन १५३९ जनामा कोरोना संक्रमण !

२०७७ भाद्र ३१ गते, बुधबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय ३९ कोरोना संक्रमित थपिएका छन । १० हजार ४ सय ९४ पीसीआर परीक्षण गर्दा ४ सय ४ महिला र १ हजार १ सय ३५ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५८ हजार ३ सय २७ पुगेको छ । काठमाडौं उपत्यकामा थप ७ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६ सय ५२, भक्तपुरमा २५ र ललितपुरमा ६० जना संक्रमित थपिएका छन् । त्यस्तै बढी संख्यामा संक्रमित हुने जिल्लाहरुमा सप्तरी ४४, सुनसरी ७०, मोरङ ३५, कास्की ३२, मकवानपुर ४९, बाँके ४४ र रुपन्देही ४५ रहेका छन् । अहिले देशभरका आइसोलेशनमा १६ हजार २ सय ४२ जना रहेका छन् । तिमध्ये ७ हजार ७ सय १ होम आइसोलेसन र ८ हजार ५ सय ४१ संस्थागत आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घन्टामा १ हजार ६८ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेको छ । देशभरि क्वारेन्टिनमा ७ हजार ८ सय २० जना रहेका छन । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म ८ लाख ७२ हजार २ सय ७४ वटा पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घन्टामा थप ८ जनाको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ४ जना पुरुष रहेका छन् । काठमाडौं दुई, काभ्रे र बारा एक एक जना महिलाको मृत्यु भएको छ । त्यस्तै सुनसरी, सप्तरी, काभ्रे र कास्कीमा एक एक जना पुरुषको पनि मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १ सय ७३ जनाको आईसीयुमा र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अहिले नेपालमा संक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु