अखिल क्रान्तिकारी बाँकेद्वारा रक्तदान

२०७७ आश्विन १ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले बाँकेको नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अखिल (क्रान्तिकारी) भेरी–कर्णाली क्षेत्रीय समन्वय समितिअन्तर्गत जिल्ला समिति बाँकेले आज एक कार्यक्रम आयोजना गरी रक्तदान गरेको हो । कोरोनाको विश्वव्यापी महामारीका कारण देशैभरका साथै बाँके जिल्लामा पनि रगतको अभावलाई ध्यान दिँदै सङ्गठनको केन्द्रीय निर्देशनअनुसार रक्तदान गरिएको सङ्गठनले जनाएको छ ।
यस्तो जटिल परिस्थितिमा रगतको अभाव भएर कुनै बिरामीको अकालमै ज्यान नजाओस् र हाम्रो सानो सहयोगले बिरामीहरूलाई राहत पुगोस् भन्ने उद्देश्यका साथ रक्तदान गरिएको अखिल (क्रान्तिकारी) बाँके जिल्ला अध्यक्ष डीबी शाहीले बताए । उनले आगामी दिनमा पनि सङ्गठनले विभिन्न खालका सामाजिक, सेवामूलक तथा रचनात्मक काम निरन्तर गर्दै जाने अध्यक्ष शाहीले बताए ।


रक्तदान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी बाँके जिल्ला सेक्रेटरी सनिल सिंह, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज मदन चन्द, बाँके जिल्ला अध्यक्ष शाही, जिल्ला उपाध्यक्ष डिल्ली क्षेत्रीलगायत करिब ३० जनाले रक्तदान गरेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]