आज काठमाडौं उपत्यकामा ७५५सहित १४९७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ सहित १४९७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना रहेका छन् ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको मन्त्रालयले बताएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको मन्त्रालयले बताएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५० हजार ४११ पुगेको छ ।