दाङमा क्रियाशील विद्यार्थी संगठनद्वारा सबै शैक्षिक संस्थाहरू संचालन गर्न माग

काठमाडाैँ । दाङमा क्रियाशील विभिन्न ३ विद्यार्थी सङ्गठनले दाङमा CTEVT द्वारा मान्यता प्राप्त कलेज भन्दै ३ महिने र ६ महिने सिप परिक्षण गराउने अनुमति लिएका र केही अवैधानिक रुपमा संचालनमा आएका ट्रेनिङ सेन्टरहरुले विद्यार्थी, अभिभावक हरुसँग भड्किला र आकर्षक खाले प्रचार प्रसार गर्दै १८ महिने कोर्ष पढाइ हुन्छ भन्दै अबैध रुपमा लाखौ रकम असुलेर विद्यार्थीहरुको भबिस्यमाथी खेलवाड गरिरहेको भन्दै तत्काल यस्ता कार्य तत्काल रोक्न माग गरेका छन् ।
अनेरास्ववियु दाङका संयाेजक जंग रोका, नेविसंघका कार्यवाहक जिल्ला सभापति तोप बहादुर बुढाथोकी र अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अनिल केसीले संयुक्त प्रेस विज्ञप्तिमा निजि विद्यालयहरुले अनलाइन कक्षा पढाएको नाममा अभिभावक / विद्यार्थीहरुबाट चर्को शुल्क असुलिरहेको भन्दै भौतिक रुपमा कक्षा संचालन नहुदै शुल्क लिने शैक्षिक संस्थाहरूलाई कार्वाही गर्न माग गरेका छन ।
यस्तै विज्ञप्तिमा निजि तथा सामुदायिक विद्यालय हरुले दिदै आएको छात्रवृत्तिलाई वृद्धि गरि बैज्ञानिक र व्यवहारीक मापदण्ड बनाइ निष्पक्ष ,पारदर्शी ढंगले कार्यान्वयन गर्न, शिक्षण संस्थाहरुमा बनाइएको क्वारेन्टाइन तथा आइसोलेशन हताइ अन्यत्र स्थानमा व्यवस्थापन गर्न, जिल्लामा निजि तथा सामुदायिक विद्यालयहरुले विद्यार्थी अभिलेखिकरण गर्ने नाममा अभिभावक तथा विद्यार्थीहरुलाई तत्काल भर्ना शुल्क र मासिक शुल्क ल्याएर विद्यालयमा उपस्थित हुन उर्दी जारी गर्दै यदि भर्ना शुल्क र मासिक शुल्क विद्यालयमा नबुझाए सिकाइ सहजीकरण (विद्यालयमा हुने पठनपाठन ) मा सहभागी नगराइने चेतावनी दिदै आइरहेकाले तत्काल उक्त कार्य रोकि विद्यार्थीहरुलाई सिकाइ सहजीकरणमा सहज रुपमा सहभागी हुने
वातावरण बनाउन, CTEVT द्वारा मान्यता प्राप्त कलेज भन्दै ३ महिने र ६ महिने सिप परिक्षण (skill test ) level -1 र level -2 गराउने अनुमति लिएका र केही अवैधानिक रुपमा संचालनमा आएका ट्रेनिङ सेन्टरहरुले विद्यार्थी ,अभिभावकहरुसंग भड्किला र आकर्षक खाले प्रचार प्रसार गर्दै १८ महिने कोर्ष पढाइ हुन्छ भन्दै अबैध रुपमा लाखौ रकम असुलेर विद्यार्थीहरुको भबिस्यमाथी खेलवाड गरिरहेकाले तत्काल यस्ता कार्य रोक्न चेतावनी दिदै दिन्छौं कुनै पनि विद्यार्थीले आफुले अध्ययन गर्न चाहेको बिषय र शैक्षिक संस्थाको बारेमा राम्रोसंग बुझेर मात्र प्रक्रिया अगाडि बढाउन अनुरोध गरिएको छ ।
यस्तै विज्ञप्तिमा भनिएको छ -‘कोरोना महामारीका कारण अलपत्र परेका विद्यार्थी,गरिव तथा विपन्न मजदुरहरुको घरभाडा छुट लगाएत राहत प्याकेज घोषणा गर्न,सामुदायिक विद्यालयमा कार्यरत निजि स्रोतका शिक्षक/ कर्मचारीहरू र निजि विद्यालयमा काररत शिक्षक /कर्मचारीहरुलाई तलवको व्यवस्था गर्न माग गर्दछौं ।’
संयुक्त प्रेस विज्ञप्तिकाे पूरा पाठ-
दाङ जिल्लामा क्रियाशिल तीन विद्यार्थी संगठनहरुको संयुक्त बैठक घोराहीमा बसि शिक्षा क्षेत्रमा देखिएका समस्याहरु र आम जनसरोकारका बिषयहरुमा छलफल गरि महत्वपूर्ण निर्णयहरु भयो। उक्त बैठकले गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ।
(१)कोरोना भाइरस (COVID-19) तत्काल नियन्त्रण नहुने अझै केही समय सम्म रहने प्रक्षेपण गरिएको छ।हाल जिल्लामा केही विद्यालयहरुले वैकल्पिक शिक्षाका नाममा अनलाइन कक्षा संचालन गरिरहेको र त्यो प्रभावकारी नदेखिएकाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउदै सबै शैक्षिक संस्थाहरू संचालनको वातावरण तयार गर्न अनुरोध गर्दछौं ।
(२) निजि विद्यालयहरुले अनलाइन कक्षा पढाएको नाममा अभिभावक / विद्यार्थीहरु बाट चर्को शुल्क असुलिरहेको पाइएको छ।भौतिक रुपमा कक्षा संचालन नहुदै शुल्क लिने शैक्षिक संस्थाहरू लाई कार्वाही गर्न माग गर्दछौं ।
(३)निजि तथा सामुदायिक विद्यालय हरुले दिदै आएको छात्रवृत्ति लाई वृद्धि गरि बैज्ञानिक र व्यवहारीक मापदण्ड बनाइ निष्पक्ष ,पारदर्शी ढंगले कार्यान्वयन गर्न माग गर्दछौं ।
(४) शिक्षण संस्थाहरुमा बनाइएको क्वारेन्टाइन तथा आइसोलेशन हताइ अन्यत्र स्थानमा व्यवस्थापन गर्न अनुरोध गर्दछौं ।
(५) जिल्लामा निजि तथा सामुदायिक विद्यालयहरुले विद्यार्थी अभिलेखिकरण गर्ने नाममा अभिभावक तथा विद्यार्थीहरुलाई तत्काल भर्ना शुल्क र मासिक शुल्क ल्याएर विद्यालयमा उपस्थित हुन उर्दी जारी गर्दै यदि भर्ना शुल्क र मासिक शुल्क विद्यालयमा नबुझाए सिकाइ सहजीकरण (विद्यालयमा हुने पठनपाठन ) मा सहभागी नगराइने चेतावनी दिदै आइरहेकाले तत्काल उक्त कार्य रोकि विद्यार्थीहरुलाई सिकाइ सहजीकरणमा सहज रुपमा सहभागी हुने
वातावरण बनाउन अनुरोध गर्दछौं ।
(६) CTEVT द्वारा मान्यता प्राप्त कलेज भन्दै ३ महिने र ६ महिने सिप परिक्षण (skill test ) level -1 र level -2 गराउने अनुमति लिएका र केही अवैधानिक रुपमा संचालनमा आएका ट्रेनिङ सेन्टर हरुले विद्यार्थी ,अभिभावक हरु संग भड्किला र आकर्षक खाले प्रचार प्रसार गर्दै १८ महिने कोर्ष पढाइ हुन्छ भन्दै अबैध रुपमा लाखौ रकम असुलेर विद्यार्थीहरुको भबिस्यमाथी खेलवाड गरिरहेकाले तत्काल यस्ता कार्य रोक्न चेतावनी दिन्छौं ।साथै कुनै पनि विद्यार्थीले आफुले अध्ययन गर्न चाहेको बिषय र शैक्षिक संस्थाको बारेमा राम्रो संग बुझेर मात्र प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दछौं ।
(७)कोरोना महामारीका कारण अलपत्र परेका विद्यार्थी,गरिव तथा विपन्न मजदुरहरुको घरभाडा छुट लगाएत राहत प्याकेज घोषणा गर्न,सामुदायिक विद्यालयमा कार्यरत निजि स्रोतका शिक्षक/ कर्मचारीहरू र निजि विद्यालयमा काररत शिक्षक /कर्मचारीहरुलाई तलवको व्यवस्था गर्न माग गर्दछौं
(८)सार्वजनिक यातायातमा आधा संख्यामा यात्रु राख्ने निर्देशन दिइए पनि पुर्ण क्षमतामा यात्रुहरू राख्ने तर दोब्बर भाडा असुली गरि लुट मच्चाउने काम भैरहेको छ। कोभिडका कारण यस जिल्ला बाट बाहिरी जिल्ला आफ्नो घर गएका विद्यार्थीहरु दोब्बर महंगो भाडा तिरेर विद्यालय,क्याम्पस र विश्वविद्यालयमा फर्कन सक्दैनन् ।पढाइ र परिक्षाको लागि विद्यार्थीहरुलाइ आफ्नो शैक्षिक संस्थामा आउने वातावरण निर्माण गर्नको लागि बढाइएको भाडा तत्काल खारेज गरि लामो तथा छोटो दुरिमा चल्ने सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत कडाइका साथ लागू गर्न माग गर्दछौ।
(९) खाद्यान्न तथा दैनिक उपभोग्य बस्तुहरुमा भैरहेको मूल्य वृद्धि तथा कालो बजारी तत्काल नियन्त्रण गरी सर्वसुलभ व्यवस्थापन गर्न माग गर्दछौं ।
(१०) कोरोना भाइरस(COVID-19) संक्रमण हुनुभएका हरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आफ्नो जीवन गुमाउनुहुने हरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दछौ साथै मृतका परिवारजन प्रती गहिरो समवेदना व्यक्त गर्दछौं ।