अ. ने. म. सङ्घ र युवा सङ्गठनद्वारा रक्तदान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी सेती–महाकाली ब्युरो र युवा सङ्गठन नेपाल सेती–महाकाली ब्युरोको संयुक्त आयोजनामा कैलालीको अत्तरियामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिश्वव्यापी कोरोना सङ्कटका कारण उत्पन्न रगत अभाव पूर्ति गर्न कैलालीको अत्तरियामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको युवा सङ्गठन नेपाल कैलालीले जनाएको छ ।
रक्तदान कार्यक्रममा अनेमसङ्घ क्रान्तिकारी सेती–महाकाली इन्चार्ज पूर्णिमा, युवा सङ्गठन नेपाल सेती–महाकाली ब्युरो इन्चार्ज श्याम, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य बबरजङ्ग, युवा सङ्गठन नेपाल कैलालीका अध्यक्ष विष्णु, गोदावरी नगर इन्चार्ज अजयलगायत दर्जनौँ पार्टी कार्यकर्ता र शुभचिन्तकको उल्लेख्य सहभागिता रहेको थियो ।