पछिल्लो २४ घण्टामा १३१३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ सहित देशभर १३१३ जना कोरोना संक्रमित थपिएका छन् । योसहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १४५५ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।
हालसम्म डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार २६२ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५० जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।