पछिल्लो २४ घण्टामा १५७३ जना कोरोना संक्रमित थपिए

२०७७ आश्विन ११ गते, आईतवार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ सय ८५ जना कोरोना भाइरसको संक्रमण मुक्त भएका छन । योसहित नेपालमा ५३ हजार ८९८ जना संक्रमणमुक्त भएका छन ।
यसैगरी हालसम्म संक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका मध्ये काठमाडौंमा ६३३ , ललितपुरका १०४ र भक्तपुरका ७२ जना रहेका छन ।
पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]