पीसीआर परीक्षण शुल्क मनपरी

काठमाडौ । सरकारले पिसीआर परिक्षण शुल्क घटाएर २ हजार रुपैयाँ तोके पनि निजी अस्पतालहरुले ३ हजारदेखि ४४ सयसम्म शुल्क असुल्ने गरेको पाइएको छ । सरकारले भदौ २८ गतेबाट ४ हजार ४ रुपँैयाको आरटी पिसीआर शुल्क घटाएर २ हजार कायम गरेको छ । तर अहिले पनि कतिपय निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा बढि शुल्क लिने गरेको पाइएको छ । काठमाडौको थापाथलिस्थित नर्भिक अस्पतालले आरटी पिसीआर शुल्क ४४ सय लिने गरेको छ भने मन्डीखाटारस्थित ह्यामस अस्पताल पिसीआर शुल्क ३९ सय रहेको छ । यसैगरी ग्राण्डी अस्पतालमा २२ सय छ भने स्टार अस्पतालमा ३८ सय ९९ सय रुपौया लिने गरेका छन् ।
निजि अस्पतालले आफु खुसी शुल्क लिए पछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विज्ञप्ती मार्फत मनमरी शुल्क लिने अस्पातलाई कारवाही गर्ने बताएको छ । तर विज्ञप्ती निकालेको २ दिन भई सक्दा पनि बढि शुल्क लिने अस्पतालाई कारवाही प्रक्रिया अझै अघि बढाएको छैन । बढि शुल्क लिने अस्पताललाई सरकारले तोकेको शुल्कमा आरटी पिसीआर गर्न पटक पटक आग्रह गरे पनि निजी अस्पतालले अटेर गरी बढि शुल्क लिइरहेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।
सरकारले सुरुको समयमा ५५ सय तोकिएको पिसीआरको मूल्य दास्रो पटक घटाएर ४४ सय बनाएको थियो । त्यसपछि पुनः भदौ २८ गतेबाट २ हजार पिसीआरको मूल्य तोकेको छ । सुरुका समयमा ५५ सय मूल्य तोकेको बेलामा पनि निजी अस्पतालले पिसीआर परीक्षणको ७ हजारभन्दा बढि शुल्क लिने गरेका थिए । अहिले पनि २ हजार पिसीआरको मूल्य तोकिए पनि निजी अस्पताहरुले सेवा शुल्कका नाममा ३ हजार देखि ४४ सय सम्म लिने गरेका छन् । तर पिसीआरका नाममा विरामीसंग बढि शुल्क असुल्दै आएका निजी अस्पताललाई सम्बन्धित निकायले अहिले सम्म कुनै कारवाही गरेको छैन ।